Ad #144479

१२ माघ, काठमाडौं । नेपालमा थप १० जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसको संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको हाे ।

मन्त्रालयका अनुसार पछिल्लो पटक ४०१ जना कोरोना मुक्त भए । अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार नेपालमा अझै ३ हजार २४० जना आइसोलेशनमा छन् भने १३२ जना क्वारेन्टाइनमा छन् । अहिलेसम्म पीसीआर परीक्षण गर्नेको संख्या २० लाख ४८ हजार ११३ पुगेको छ ।

आज ‘सोमबार’ थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।