Ad #144479

१२ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १५४ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा सोमबार ९५ पुरुष र ५९ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपत्यकामध्ये काठमाडौंमा सबभन्दा बढी संक्रमित रहेका छन् । हालसम्म तथ्यांकअनुसार काठमाडौंमा १ लाख ९ सय संक्रमित भेटिइसकेका छन् । अहिले १ हजार ८०५ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी ललितपुरमा १४१ तथा भक्तपुरमा ३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर ३ हजार २४० जना सक्रिय संक्रमित रहेका छन् ।