Ad #144479

१२ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण स्वास्थ्य मन्त्रालयमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । लामो समयदेखि मन्त्रालयको कम्प्युटर अधिकृतका रुपमा कार्यरत कृष्ण गोपाल श्रेष्ठको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनु भएको छ ।

५१ वर्षीय श्रेष्ठ ललतिपुर गोदावरीका हुनुहुन्छ । सह–प्रवक्ता अधिकारीका अनुसार कोरोना संक्रमण भइ चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारत श्रेष्ठको आज निधन भएको हो ।