सोमबार पनि सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य स्थिर

१२ माघ, काठमाण्डौ। नेपाली बजारमा सुनको भाउ सोमबार पनि सामान्य घटेको छ ।

आइतवार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ आज हिजोभन्दा दुई सय रुपैयाँ सस्तो भएकाे छ । सुनको भाउ आज तोलामा ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । दुई दिनयता चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

[sidebar name="button post"]