हामी झगडा चाहे जति नै गरौँ तर माया मनदेखि नै हुन्छ । झगडा गरेको केहि बेरलाई लाग्छ की अब त बोल्दा पनि बोल्दिन तर मनले यो मान्दैन । मानोस् पनि कसरी ? दाजु-भाइका लागि दिदि बहिनि र दिदि-बहिनिका लागि दाजु भाइ हुन् । परिवारमा दोस्रो वा तेस्रो सन्तानभन्दा पहिलो सन्तानको महत्व बढी हुन्छ ।
पहिलो सन्तानले आफ्ना भाई बहिनीलाई माया त गर्छन्। साथै इर्ष्या पनि उतिकै गर्छन । किनभने आफुले जुन किसिमको माया ममता, हेरचाह पाइएका हुन्छन्, भाइ बहिनीको जन्मपछि त्यो क्रमस घट्दै जान्छ । कतिपय अवस्थामा भने दिदी भाइ वा दिदी बहिनीबीच नै वैमनस्यता हुन्छ । उनीहरुबीच बोलचाल हुँदैन । यसरी एउटै कोखमा जन्मिएका, एउटै काखमा खेलेका, एउटै आँगनमा हुर्किएका दिदी बहिनीले एकअर्कालाई सत्रुतापूर्ण व्यवहार गर्न थाल्छन् ।
दिदी वहिनीबीचको झगडाले उनीहरुलाई मात्र पिरोल्दैन, आमाबुवालाई पनि सताउन थाल्छ । खासगरी आफ्ना आमाबुवाको मन दुख्छ । किनभने उनीहरुले सबै सन्तानको भलो चाहन्छन्। उनीहरुले जे गरे पनि तपाईं उनीहरुसंग सम्झौता गर्नु पर्छ ।
यदि तपाईं आफ्ना दिदी बहिनीले तपाईंलाई सम्हालुन्, सम्झाउन् अथवा तपाईंसंग कुनै पनि कुराका लागि माफी मागुन् भन्ने चाहनु हुन्छ भने उनीहरुलाई यसबारेमा बताउनु पर्छ ।










