शुक्रबारदेखि लाइसेन्सका लागि अनलाइन फाराम खुलाउने

८ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारी साधन चालक अनुमतिपत्र ९लाइसेन्स०का लागि अनलाइन फाराम खुलाउने भएको छ । सिस्टममा खराबी आएपछि विभागले अनलाइन फाराम बन्द गरेको थियो ।

शुक्रबारबाट फाराम भर्न सकिने विभागले जानकारी दिएको छ । अनलाइन फाराम सुचारु गरेसँगै यसअघि लगाइएको कोटा प्रणाली समेत हटाइएको छ । अब जतिसुकै सेवाग्राहीले पनि लाइसेन्‍सका लागि आवेदन दिन पाउने बताएको छ ।

यसअघि कोभिड(१९ को कारण देखाउँदै लाइसेन्सका लागि खुलेको आवेदनमा कोटा प्रणाली लगाइएको थियो । कोटा प्रणाली लागू गरेको भन्दै विभागको चौतर्फी आलोचना समेत भएको थियो । अनलाइन फाराम भर्दा एसएमएस सेवा भने तत्कालको लागि बन्द भएको छ । यो सेवा अवरूद्ध भएकाले दर्ता नम्बर सुरक्षित गरि सम्बन्धित कार्यालयसँग सम्पर्क राख्‍न विभागले जानकारी दिएको छ ।

[sidebar name="button post"]