संस्कृतिविद् सत्यमोहन जोशी बिरामी

८ माघ, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी बिरामी भएका छन् । १०१ वर्षीय जोशीलाई सामान्य स्वास्थ्य समस्या देखिएको हो । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ ।

विहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतिले जोशी निवास भ्रमण गरेका थिए । प्रसाईंका अनुसार आगन्तुक आएपछि सत्यमोहनले जोशिलो भएर केहीबेर कुरा गरेका थिए ।

किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उनकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गरिरहेको छ । मेडिकल कलेजले जोशीको घरमा नै पनि घरिघरि स्वास्थ्य टोली पठाइरहने गरेको छ ।

आज बिहान नै किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा।डा। बालमानसिंह कार्कीले जोशीको स्वास्थ्यबारे जानकारी लिएका थिए

[sidebar name="button post"]