Ad #144479

८ माघ, काठमाडौं । भारतले अनुदानका रुपमा उपलव्ध गराएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । भारतको दिल्लीबाट आएको एयर इण्डियाको बिमानमा ल्याइएको उक्त खोप अक्सफोर्ड–एक्स्ट्राजेनेकाले विकास गरी सेरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरेको हो ।

यसको नामाकरण कोभिसिल्ड दिइएको छ । उक्त खोप आजै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछन् ।

प्राप्त खोप टेकुस्थित स्वास्थ सेवा विभागमा भण्डारण गरी सातै प्रदेशका भण्डारण केन्द्रमा पठाइने छ । प्राप्त खोप पहिला बढी जोखिम रहेका फ्रण्टलाइनमा बसेर काम गर्ने स्वास्थकर्मीलगायतलाई दिइने छ ।