८ माघ, काठमाण्डाै। नेपाली बजारमा सुनको भाउ बिहिबार पनि बढेको छ ।
बुधबार सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो । सुनकाे भाउ तोलामा आज ६ सय रुपैयाँले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।












