७ माघ, रसुवा । बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि ‘२१ जनावरी’ देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको हाे ।
बाढीले क्षति पुर्याएको पुल पुनर्निर्माणका लागि २१ जनवरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सारले जनाएकाे छ । पहिलेकै बाढीले क्षति पुर्याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको बताइएकाे छ ।
पुल मर्मतका लागि नाका बन्द हुने भएपछि छिटो-छिटो गरेर बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको पनि भन्सारले जनाएको छ । तातोपानी रुट भएर आउने बाटोमा अब कुनै मालबाहक सवारी साधन नभएको पनि भन्सारले जनाएकाे छ । प्राविधिक मगाएर चिनियाँ पक्षले पुलको अवस्था जाँच गरेपछि पुल मर्मत गरिने निश्चित भएकाे छ ।












