७ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमका अनुसार ५ हजार १२ जनाको पीसीआर परीक्षण भएकोमा ३१८ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
आज थपिएकामध्ये काठमाडौं उपत्यकाका १४५ जना रहेका छन् । जसमा काठमाडौंमा ११६, भक्तपुरमा २६ र ललितपुरका ३ जना रहेका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६२ हजार ६४२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३८३ सय जनाले कोरोना जिते ।
यसैगरी २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९७५ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको रहेको छ ।












