७ माघ, काठमाण्डौ। नेपाली बजारमा सुनको भाउ बुधबार तोलामा ५ सय रुपैयाँले बढेको छ ।
मंगलबार तोलामा ९२ हजार रुपैयाँमा करोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा पुगेको सुन चाँदी व्यवसायी महासंघ जनाएको छ ।
यस्तै चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।












