Ad #144479

एजेन्सी। नेपालमा देवीदेवताको मात्र नभएर रुपैयाँ, पैसा गरगहनाको समेत धार्मिक र सांस्कृतिक महत्व छ । यसै आधारमा गरगहनको पनि विधिवतरुपमा पूजा गरिन्छ ।

धनसम्पतीले मानिसको आर्थिक जीवन सबल बन्नुको साथै सामाजिक स्तरसमेत उच्च बनाउँछ । धनको अभावमा कैयौं आवश्यकताहरु पूरा हुन सक्दैनन्। ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई धन, सम्पदा, वैभव, ऐश्वर्य, भौतिक सुख संसाधन आदिको कारक मानिन्छ । यदी कुनै व्यक्तिको कुण्डलीमा शुक्र शुभ स्थितिमा भए आर्थिक जीवन राम्रो र शुक्र कमजोर भए वित्तिय समस्या हुने गर्दछ । साथै बृहस्पति ग्रहको सम्बन्धसमेत धनसंग जोडिएको हुन्छ ।

कुण्डलीको दोश्रो भावलाई धन भाव भनिन्छ ।साथै यस भावबाट व्यक्तिको जीवनमा धन र धनको बचत थाहा पाउन सकिन्छ । यसका साथै कुण्डलीको एघारौं घरसमेत आयसँग जोडिएको हुन्छ । यसभावले व्यक्तिको आम्दानी थाहा पाउन सकिन्छ । आर्थिक जीवन बलियो पार्न जन्मपत्रमा दोश्रो र एघारौं घर मजबूत हुनु पर्दछ ।

धन प्राप्तीका केहि उपायहरु यस्ता छन् :
कुण्डलीको दोश्रो र एघारौं भाव तथा यस भावका मालिक ग्रह बलशाली बनाउनु पर्दछ ।

कुण्डलीमा शुक्र र बृहस्पतीको स्थिती मजबूत पार्नु पर्दछ ।

शुक्रवारको पूजापछि श्रीसूक्त पाठ गर्नु पर्दछ ।

तुलसीको बिरुवा रोपेर नियमित पूजा गर्नुहोस् ।

घरलाई सधैं सरसफाई युक्त राख्नुहोस् ।

धनका देवता कुबेरको पूजा गर्नुहोस् ।

श्रीयन्त्र, महालक्ष्मी यन्त्र र श्री धन वर्षा यन्त्र स्थापना गरी नियमित पूजा गर्नुपर्छ ।