Ad #144479

६ माघ, काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत एक चिकित्समाथि दुर्व्यवहार भएको छ । अस्पतालको कोभिड आईसीयूमा खटिएका डा। सविन भण्डारीमाथि दुर्व्यवहार भएको नेशनल रेजिडेन्स एसोसिएसनका महासचिव डा. सुमन दाहालले जानकारी दिए । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आफन्तले मंगलबार डा. भण्डारीमाथि लात्ती प्रहार गरेको दाहालले बताए ।

‘रुपन्देहीको बुटवलबाट उपचारका लागि आएका व्यक्तिको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । निमोनियाका बिरामी भएपनि अस्पतालमा भर्ना गर्ने समयमा उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

यता डा. दाहालले तर इन्फ्लुएन्जाको आशंकामा परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नमुना पठाइएको थियो । सो क्रममा पीसीआर पनि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकाे बताए ।

आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा उनको मंगलबार बिहान ११ बजे मृत्यु भयो । तर मृतकका आफन्तले कोरोना नभएका बिरामीलाई कोभिड आईसीयूमा राखेकाले उनको मृत्यु भएको भन्दै डा। भण्डारीमाथि लात्ती प्रहार गरेका हुन् ।