Ad #144479

६ माघ, काठमडौं । जाडो छल्न हिटर बालेर सुत्दा काठमाडौंमा एक जनाको ज्यान गएको छ । काठमाडौंको कलङ्की, खड्का गाउँमा विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्रहरीले जनाएको छ

आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले जानकारी दिए ।

प्रहरीका अनुसार हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको हो । खड्काको छाती, पेट र ढाड पुरै जलेको छ । घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि मात्रै थाहा पाएका थिए । थाहा पाउँदा खड्काको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।