आजका मुख्य समाचारमा
शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ ग्रहण गर्दै उहाँले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा तोकिएको समयमा नै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरूरी भएको बताउनुभएको हो ।
बेलायतकाे राजदूतमा पूर्व मुख्यसचिव रेग्मी नियुक्त
बेलायतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको हो ।
आज थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार ३०६ नमुना परीक्षण गर्दा १२४ महिला र १९८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संवैधानिक इजलास : निर्दोष सदन विघटन गर्न नपाइने जिकिर
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाउनुभयो । प्रधानमन्त्रीले दुई वर्षसम्म सरकार राम्रोसँग चलाएकाले निर्दोष सदन विघटन गर्न नपाइने जिकिर गर्नुभयो ।
नेपालमा पनि तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मकवानपुरमा एक महिला घरभित्रै मृत फेला !
मकवानपुरको मकवानपुर गढी गाउँपालिका-२ स्थित भालङटारमा एक महिला घरभित्रै मृत फेला परेकी छन् । सोमबार बिहान ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी हुन् ।
सोल्टी सिटी अपार्टमेन्टमा दिउँसो एक्कासी आगलागी
रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो एक्कासी आगलागी भएपछि प्रहरीले कोठामा रहेका मानिसहरुको उद्दार गरेको थियो ।
ओलीलाई अब पार्टी सदस्यबाट समेत हटाउने तयारी
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली मैमत्त भएकाले अब भने उनलाई पार्टी सदस्यबाट समेत हटाउने तयारी रहेको बताएका छन् ।
पुरानै शैलीमा ऐतिहासिक चरीघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न
भीमेश्वर नगरपालिका– ३ मा अवस्थित बौद्ध धर्मावलम्बीका आस्थाका केन्द्र ऐतिहासिक चरीघ्याङ गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ ।
जर्मनी, अमेरिका र ईयुद्वारा रुसी विपक्षी नेता नाभाल्नीलाई तत्काल रिहा गर्न माग
रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्नु पर्ने जर्मनीका विदेश मन्त्री हैको माआजले सोमबार आग्रह गर्नु भएको छ । जर्मनीमा उपचारपछि स्वदेश फर्किनुभएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरुले रुसको आलोचना गरेपछि विदेश मन्त्रीको सो आग्रह आएको हो ।
मास्क लगाउँदा सास फेर्न गाह्रो भएको छ ? यसरी जोगिनुहोस्
हाल कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मास्क लगाउनु अनिवार्य जस्तै भएको छ । झन् काठमाण्डौमा त कोरोना महामारीभन्दा पहिले नै धुवाँ धूलोबाट जोगिन मास्क लगाउनुपर्ने अवस्था छ ।
अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’ कस्ताे हाेला ?
चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उड्नुभयो । त्यो दृश्य बडो आकर्षक र भावुक पनि थियो ।
सुडान झडप हुँदा ८० भन्दा बढीको मृत्यु, निषेधाज्ञा लगाउन माग
सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था ‘सुना न्यूज एजेन्सी’ ले आइतबार जानकारी गराएको छ ।
पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त
राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । एक महिनाअघिदेखि विश्वविद्यालयका केन्द्रीय कार्यालयमा विभिन्न समूहको तालाबन्दी छ ।
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द गर्ने निर्णय
नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले ‘आइओसी’दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताउनुभएको छ ।
अमेरिकाको फिनिक्स शहरमा गोली चल्याे
अमेरिकाको एरिजोनास्थित फिनिक्स शहरमा आइतबार गोली चलेको छ । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहको पूर्वसन्ध्यामा अमेरिकी सहरमा गोली चलेको हो ।
कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक
विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ । कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो ।
नेपाली बजारमा आज पनि सुनको मूल्य घट्याे
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । साताको अन्तिम पहिलो दिन प्रतितोला ९१ हजार ८०० रूपैयाँमा कारोबार भएको छापवाल सुन आज २०० रूपैयाँले घट्दै ९१ हजार ६०० रूपैयाँ कायम भएको छ ।
अगामी वैशाखमा आम निर्वाचनको घोषणा गरेसँगै तयारी सुरू
सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ । यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बैठक सम्पन्न गरी मतदानका निम्ति सूची र मापदण्ड मोरङका १७ वटै स्थानीय तह र जिल्लास्थित राजनीतिक दललाई आवश्यक सुझावका लागि पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेशकुमार ठाकुरले बताए ।
दिउँसो घाम नलाग्दा तराईको जनजीवन बढी प्रभावित
जल तथा मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दासम्म देशभरको मौसम सफा नहुने जनाएको छ । महाशाखाको सोमबारर मौसमी बुलेटिन अनुसार तत्काल पानी पर्ने सम्भावना नभएकाले मौसम सफा हुन अझै केही दिन लाग्ने देखिएको हाे ।
जर्मनीबाट स्वदेश फर्किएको केही समयमै नभाल्नी हिरासतमा
स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको छ। उनलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन्।
आज माघ ५ गते सोमबार, कस्तो छ तपाईंको दिन ? हेर्नुहोस् राशिफल












