घर बनाउदै हुनुहुन्छ ? यस्ता छन् वास्तु शास्त्रको सुझाव

एजेन्सी। कुनै पनि घर, कार्यालय, कलकारखाना, वासस्थान, व्यापारिक प्रतिष्ठान या अन्य भौतिक वस्तु एवं पर्यावरणमा पञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशबीचको ऊर्जालाई समन्वय तथा सन्तुलित तरिकाले मिलाउँदै प्राकृतिक शक्तिहरुलाई सन्तुलनमा राख्ने विज्ञान नै वास्तु विज्ञान हो ।

गह्रा मिलाउनु , वास्तु मिलाउनु घर बनाउने जग्गा भिरालो छ, जमीनमा झाडी बुट्यान छ अथवा जमीन मिलेको छैन् भने त्यस्तो जमीनलाई राम्रोसँग सम्याउनु पर्छ वा धरै टुक्रा वास्तुमा परिणत गरी मिलाउनुपर्छ । त्यसै छोड्नु हुँदैन । चिया बगान, खेलमैदान, सभागृह, पार्टी प्यालेस, कृषि फर्म र सामान्य खेती गर्ने जग्गामा पनि यो नियम लागु हुन्छ ।

  • घरको छतमा राख्ने पानीको ट्याङ्की दक्षिणतर्फ राख्नु उचित हुन्छ ।
  • सुत्ने पलङ पहिले मिलाउने अनि पछि मात्रै घर सजाउनु पर्दछ ।
  • पूर्व ढलान परेको घडेरी राम्रो, पश्चिममा उचाई बढेको घर राम्रो ।
  • भोजन कक्षलाई यो दिशामा बनाउन सकिन्छ ।
  • शौचालय दक्षिण वा उत्तर फर्केको हुनुपर्दछ ।
  • भान्छाकक्ष तथा भोजनकक्ष दक्षिण दिशामा राख्नु हुँदैन ।
  • बुहारी कुना पसे वंशलाई राम्रो, घर कुना पसे अंसलाई राम्रो (तर घरको कुना चाँहि दक्षिणपश्चिम तर्फ पसेको वा बनेको हुनुपर्दछ ) ।
  • वास्तुशास्त्रको बारेमा आगामी अंकहरुमा हामी जानकारी गराउँदै जानैछौँ ।
  • भुँइतले घरमा बस्नेले पूजाकोठा मिलाउनु पर्दछ । धेरैतले घरमा बस्नेले कौसी मिलाउनु पर्दछ । धेरैवटा घरमा बस्नेले भान्सा मिलाउनु पर्दछ । सबै खाले घरमा भर्‍याङ मिलाउनु पर्दछ ।
[sidebar name="button post"]