आज पहाडमा आंशिकदेखि सामान्य बदली, तराईमा हुस्सु र कुहिरो

४ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल भएकाे जनाएकाे छ । महाशाखाका अनुसार तराईमा हुस्सु तथा कुहिरो लागेको छ ।

महाशाखाको आइतबारको मौसमी बुलेटिन अनुसार उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बद्ली भएको हाे ।

अहिले तराईमा लागेको बाक्लो हुस्सु दिउँसोपखबाट हट्ने छ। आज बेलुकी पनि पूर्वका पहाडी क्षेत्रमा बद्ली हुने र भोलि बेलुकीपख केही ठाउँमा सामान्य वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

यसैबीच आज बिहान काठमाडाैं को न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको छ । राति बादल लागेकोले न्यूनतम तापक्रम बढेको र केही न्यानो महशुस भएकाे छ ।

काठमाडाैं आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस हुने अनुमान गरिएको छ । अहिले सामान्य बद्ली रहेको काठमाडाैं उपत्यकामा दिउँसो घाम लाग्ने मौसम पूर्वानूमाान् महाशाखाले जनाएको छ ।

[sidebar name="button post"]