साबधान ! बच्चाको ओठमा चुम्बन गर्दा हुनसक्छ यस्ता खतरा

एजेन्सी । स-साना बालबालिकालाई हेर्दा जो कोहीलाई पनि मायाले चुम्बन गर्न मन लाग्छ । भर्खरका कलिला बच्चा मन नपर्ने को हुन्छ र ? तर के तपाईलाई थाहा छ तपाईले मायापूर्वक गरेको चुम्बन त्यस बच्चाका लागि प्राणघातक समेत हुन सक्छ ।

बच्चाको गालामा या ओठमा चुम्बन गर्दा उनीहरुको स्वास्थ्यमा गम्भिर समस्या आउन सकछ । त्यसैमाथि तपाईंले यदि आफ्नो बच्चाको ओठमा चुम्बन गर्नुहुन्छ वा अरुलाई चुम्बन गर्न स्वीकृति दिनुहुन्छ भने तपाईं वा चुम्बन गर्ने व्यक्तिमा भएको भाइरस सजिलै ति बालबालिकालाई सर्छ ।

यस्ता साना कुराले पनि नाजुक बालबालिकालाई असर गर्ने हुनाले हामीले धेरै ध्यान दिनुपर्ने हुन्छ । अमेरिकाको एक जोडी पनि आफ्नो लापरबाहीका कारण यस्तै दुर्घटनामा परेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसअघि नै प्रकाशित एक समाचारमा लेखीएको छ, सन् २००१ मा एक जना ब्रिटिश महिलाले आफ्नो शिशुको तस्बिर सामाजिक संजालमा राखेकी थिइन्। उक्त तस्बिरमा उनको बच्चाको मुख र अनुहारमा भयावह संक्रमण देखिन्थ्यो। उनका अनुसार एक जना महिलाले बच्चाको ओठमा चुम्बन गरेकी थिइन्।

तर तपाईंले यदि आफ्नो बच्चाको ओठमा चुम्बन गर्नुहुन्छ वा अरुलाई चुम्बन गर्न स्वीकृति दिनुहुन्छ भने तपाईंले बच्चाको स्वास्थ्यमा खेलबाड गर्दै हुनुहुन्छ ।

त्यसैले धेरैलाई थाहा नहुन सक्छ चुमेर माया गर्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुन्छ । पछिल्लो समय कोरोना भाइरस ‘कोभिड -१९’ को महामारीबाट बच्न सावधानीस्वरुप हात धुने, चुम्बन नगर्ने, भौतिक दूरी कायम गर्ने जस्ता नियम विश्वव्यापी बन्दै गइरहेको सन्दर्भमा अब तपाईले आफ्ना बालबालिकाप्रति अझ बढी ध्यान दिनुपर्छ ।

[sidebar name="button post"]