एजेन्सी । भान्सामा मेथीको प्रयोग गर्नुहुन्न भने आजै बाट मेथीको प्रयोग सुरु गर्नुस् । मेथिदानामा प्रशस्त न्यूट्रीएन्ट्स पाईन्छ । यसलाई राती भिजाएर बिहान खाली पेट चपाएर खाँदा र बचेको पानी पिउँदा कयौँ स्वास्थ्य समस्याका लागि उपयोगी मानिन्छ ।
मेथिदानामा आइरन, क्याल्शियम, म्याग्नेशियम, पोटाशियम, सोडियम, जिंक, फोस्फोरस, फोलिक एसिड जस्ता मिनरल्सको साथै भिटामिन ए,बि, र सी पनि पाईन्छ। यसको साथै यसमा भरिपूर्ण मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, शुगर, फोस्फोरस एसिड जस्ता न्यूट्रीएन्ट्स पाईन्छ। भने त्यसलगायत मेथीमा अल्कालोइड्स, लाइसिन जस्ता स्वास्थ्यवर्दक तत्वहरू पनि पाइन्छन्। मेथीका फाइदाहरु:
-
मेथी खानाले पसिना आउँछ । र शरीरको विजातिय विकार तत्वलाई बाहिर निकाल्दछ ।
-
वाथ रोग मुटुरोगमा पनि मेथी दाना फाइदाजनक हुन्छ ।
-
मेथीको दानामा पोटासियम काफि मात्रामा पाइन्छ जसले शरिरमा सोडियमको मात्रा नियन्त्रण गर्दछ र रक्तसञ्चार राम्रो बनाउन र मुटु स्वस्थ राख्न मद्दत गर्दछ।
-
यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ।
-
यसले भोक बढाउने तथा संक्रामक रोगबाट रक्षा गर्दछ ।
-
यसले श्वास तथा शरीरको दुर्गन्धबाट छुट्कारा दिलाउँदछ ।
-
यो अल्सरमा पनि लाभकारी हुन्छ ।
-
यसले थकान कमर दुखेको तथा शरीर दुखेकोमा फाइदा गर्दछ ।
-
यसको पातको लेप कपाल तथा अनुहारमा गरेमा कपाल तथा अनुहारका अनेकन विकार निर्मुलगरी केश र अनुहार कान्तिमय हुन्छ।
-
मधुमेह को रोगिको लागि मेथिदाना फाइदाजनक हुन्छ । एक कप पानीमा वेलुका मेथीदाना भिजाउँने विहान पानी पिउने मेथिदाना चपाएर खाएमा फाइदा हुन्छ ।











