सफलतामा पुग्न एलन मस्कका १० शुत्रहरू

एलन मस्क अहिले युवाहरूको आदर्शको पात्र, सफल उद्धमी , व्यवसायी, लगानीकर्ता, प्राबिधिककर्मी जे पेसामा हात हाले सफलता प्राप्त गरे। उनको एक भनाइ अहिले प्राय सबैलाइ याद होला , म पृथ्विमा जन्मिए तर म मंगल ग्रहमा पुगेर मर्न चाहान्छु। हाल उनी आफ्नो सपना पुरा गर्नको लागि अन्तरिक्ष विमानको तयारीमा जुटेका छन्।

धेरै युवाहरू इलोन मस्कले गरेको कामबाट प्रभावित भएका छन्। यदी तपाईंहरू साँच्चै  नै  इलोन मस्कको सफलताको बारेमा जान्न चाहानु हुन्छ र जिवनमा सफलता पाउन चाहानुहुन्छ भने, टेल्सा र स्पेस एक्सका निर्माताको सफलताका शुत्रहरू मध्यकै दस शुत्र यस्ता छन् :

१) सो – अध्यन 

एलन मस्को अनुसार सो-अध्ययन नै सफलताको बाटो। अरू साथीहरू काल्पनिक कथा र किताव पढ्दै गर्दा एलन विश्वकोष पढ्ने गर्दथे र अ।ज हामीसगँ यस्ता विश्वकोष, विकीपिडिया जस्ता हजारौं निशुल्क पढीने पाठ्यक्रमहरू छन्। जसलाई जुन बेलामा पनि  पढ्न सकिन्छ । उनी आफ्नो समय सो अध्ययनमा गरी केहि सिक्नमा लगाउनु पर्ने ठान्छन्।

२) गुनासो गर्न छाडिदेउ र समाधान खोज

साँच्चै नै जिवनमा समस्याको बारेमा गुनासो गरेर बसेमा त्यो समाधान हुँदैन। त्यसैले मानिसले अफ्नो समस्या अरूलाई सुनाउनुको सट्टा समस्याको समाधानको खोजी गर्नुपर्छ। आफ्नो  दिमागको उपयोग गर्नुहोस् र समस्याबाट समाधान पाउनुहोस् । के थाहा तपाईंले खोज्नु भएको समाधान अभिनव हुन पुग्छ।

३)प्रतिस्पर्दीको बारेमा नसोच

तपाईं काम गर्दै जाँदा आफ्नो प्रतिस्पर्दीको बारेमा नसोचेर मात्र आफ्नो काममा पुरा ध्यान लगाउनुहोस् , जसबाट तपाईंले केही नयाँ र उच्च खालको उपलब्धि  हात पार्नुहुनेछ। आफ्ना  शत्रुहरूलाई सानातिना कुरामा अल्जिन दिनुहोस।

४) आलोचना सुन्ने बानि बसालौँ

सही आलोचकको कुराले शब्द सुन्नु पर्छ। उनीहरूको आलोचनाले तपाईंलाई सही निर्णय लिनलाई मद्धत  गर्दछ र तपाईंको उपलब्धिमा सुधार पनि हुनेछ। बिना सोची सम्झि आलोचना गर्नेलाई वास्तै नगर्नुहोस।

५) मानिसलाई समान व्यवहार गर्ने

एलन मस्कले एक आदर्श वाक्य बोलेका छन्.। यदी तपाईंले मानिसको ख्याल गरे उनीहरूले तपाईंको व्यापारको राम्रो ख्याल गर्नेछन्। उनी यो विश्वास गर्छन् कि आफ्नो कामदार, सहकर्मी, सेवाग्राहीहरूको सम्मान गर्नुहोस। मान उनीहरू तपाईंको परिवार हुन्।

६) विज्ञानपनमा भन्दा गुणस्तरलाई प्राथमिकता 

व्यापारको भलो चाहनुहुन्छ भने आफ्नो मुख्य ध्यान उत्पादित वस्तुको गुणस्तरमा लगाउनुहोस। उत्पादनको गुणस्तर बढाउनमा पैसा लगाउनु पर्छ। विज्ञापनमा पैसा नस्ट गर्नु भन्दा यो धेरै उपलब्धिपुर्ण हुन्छ। यदी उत्पादन नै गतिलो नभएमा विज्ञापनले धेरै दिन धान्न सक्दैन।

७) तनावको बारेमा बिर्सिंदिने

 मस्क भन्छन् तनाव भन्ने लिन हुँदैन। साना तिना कुरामा ज्यादा सोच्नु आवश्यक छैन । मस्क आफैं पनि  हप्ताको १०० घण्टा काम गर्छन तर जोड्दार शक्तीका साथ काम गर्ने गर्छन्। मस्क भन्छन हामीमा प्रेरणाको कमि छ यो पुरा भए सब ठिक हुन्छ।

८) आफ्नो सपनाको पछि लाग्नुहोस्

तपाईंले एउटा सपना देख्नु भयो। सपनालाई साधारण रूपमा लिनुहोस् । त्यसलाइ जटिल नबनाउनुहोस र त्यस सपनाको पछि लाग्नुहोस । आफ्नो समय त्यो सपना पुरा गर्न खर्च गर्नुहोस्। याद राख्नुपर्ने कुरा सफलताको पछि पछि असफलता पनि लागेको हुन्छ।

९) मानवताको हितका लागि 

मस्कको अनुसार हामीले मानवताको बारेमा पनि सोच्ने गर्नुपर्छ। यसको मतलब यो होइन की तपाईं एकै चोटीमा समाज बदल्न सक्नुहुन्छ वा जरूरी छ। तपाईं सानो कदमबाट सुरू गर्नुहोस , त्यो तपाईंको घर छेउछाउँ वा तपाईं बस्ने समाज पनि हुन सक्छ। याद राख्नुस तपाईंले गरेको सहयोग कतै खेर जानेवाला छैन।

१०) जे गर्नु हुन्छ रमाएर गर्नुहोस् 

मस्क भन्छन् जे गर्नुहोस् आनन्द लिएर गर्नुहोस्।  यो जुन मस्कको महत्वपुर्ण भनाइ मानिन्छ। तपाईं जुन काममा राम्रो हुनुहुन्छ त्यो काम रमाएर गर्नुहोस् । त्यो जे पनि  हुनसक्छ।

[sidebar name="button post"]