खुलेर हाँस्नुका यस्ता छन् फाइदै फाइदा

एजेन्सी । हँसिलो अनुहार भएको मानिसलाई पनि सबैले मन पराउने गर्छन् । जस्तोसुकै अफ्ठ्यारो आइपरेपनि हास्ने बानी भएकाको जीवन सफल पनि हुन्छ । दिल खोलेर हाँस्नु स्वास्थ्यको लागी फाइदाजनक मानिन्छ । हाँस्नु भनेकै प्राकृतिक औषधि पनि हो । यदि हामि हाँसेमा धेरै फाइदा हुन्छ ।

प्रायः सफल मानिसका पछाडि हाँस्नु अर्थात् खुसी रहनुले विशेष अर्थ राखेको हुन्छ । अर्थात्, जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसैको जीवन सफल हुन्छ । हाँस्नु स्वास्थ्यका दृष्टिले समेत एकदमै फाइदाजनक मानिन्छ ।

हाँसोबाट हाम्रो शरीरका मांसपेसी, आँखा र हृदयको मांसपेसीलाई आराम मिल्छ । युनिभर्सिटी अफ मेरील्यान्ड (अमेरिका) को एक शोधअनुसार दिल खोलेर हास्नेहरूको रक्तसञ्चार अति राम्रो हुन्छ । दस मिनेटसम्म लगातार हाँसेको खण्डमा दुई घन्टासम्म तनावबाट मुक्ति मिल्छ । त्यसैगरी शरीरको रोग प्रतिरोधक क्षमता पनि बढ्छ । विशेषज्ञहरूका अनुसार जो मान्छे धेरै हाँस्छन् उनीहरू लामो समयसम्म जवान देखिन्छन् । हाँस्नु भनेकै प्राकृतिक औषधि पनि हो । यदि हामि हाँसेमा धेरै फाइदा हुन्छ ।

  • हाँस्नुमा शरीरमा अक्सिजनको आपूर्ति सहज बनाउन सहयोग पुग्छ ।
  • खुलेर हाँसेमा पीडा चिन्ता भाग्छ ।
  • हाँस्दा शरीरमा एक किसिमको हर्मोन उत्पादन हुन्छ, जसले तनाव कम गर्छ ।
  • हाँस्दा रक्त प्रवाह राम्ररी हुन्छ र मुटु पनि स्वस्थ हुन्छ ।
  • राम्रो निद्रा पर्दैन भने पनि हाँस्नु लाभदायक हुनसक्छ ।
  • हास्ने बानी भएमा अनुहारमा सधैं चम्किलोपना र निखार आउँछ ।
  • हाँस्दा शारिरिक मात्र होइन व्यवसायमा पनि फाइदा हुन्छ ।
  • तनावलाई कम गर्नमा मुस्कुराउने वा हाँस्ने कामले उर्जावर्धक चिजको काम गर्छ । मुस्कुराउँदा सरीरमा एन्डोफिर्न हर्मोन उत्सर्जन हुन्छ जसले तनाव कम गर्नुका साथै मूडलाई समेत रिल्याक्स बनाउँछ ।
  • मानिसमा हुने एक किसिमको मानसिक विकारको कारण मानिस घरबाहिर जाने, कसैसँग कुरा गर्ने वा घरभन्दा बाहिरको इलाकामा जान डराउँछ । यस किसिमका मानिसका लागि हाँस्नु सबैभन्दा राम्रो औषधि हो ।
[sidebar name="button post"]