Ad #144479

२९ पुस, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले एक सय रूपैयाँले बढेको छ ।

 मंगलबार छापावल सुनको कारोबार प्रतितोला ९२ हजार ८०० रूपैयाँमा भएको थियो। जसमा आज १०० रूपैयाँले बढेर प्रतितोला ९२ हजार ९०० पुगेको छ। यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ४०० रूपैयाँ तोकिएको छ। सुनको मूल्य बढेको दिन आज चाँदीको भाउ पनि बढेको छ।

मंगलबार तोलामा एक हजार २५० रूपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार २६० रूपैयाँ पुगेको छ।