Ad #144479

२८ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार ३ सय जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ४ सय ३० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ४ सय ३० जना कोरोना संक्रमण देखिएका मध्य झापामा ६, मोरङमा ५, संखुवासभामा १, सुनसरीमा १, बारामा १, रौतहटमा १, सप्तरीमा २, काठमाडौँमा २२१, चितवनमा १२, दोलखामा १, धादिङमा ३, नुवाकोटमा ४, भक्तपुरमा ९, मकवानपुरमा २, रामेछापमा २, ललितपुरमा २९ र सिन्धुपाल्चोकमा ३, सिन्धुलीमा १, कास्कीमा ७, गोरखामा १, तनहुँमा २, नवलपरासीपूर्वमा ४, पर्वतमा १, लमजुङमा १, अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, दाङमा ८, नवलपरासीमा २, पाल्पामा २, प्यूठानमा १, बर्दियामा १०, बाँकेमा ५१, रुपन्देहीमा १३, रोल्पामा २, दैलेखमा २, सुर्खेतमा १, कञ्चनपुरमा १, कैलालीमा ६, डडेल्धुरामा १ र बझाङमा ५ जना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ।

हाल देशभर ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।