Ad #144479

२८ पुस, काठमाण्डौ। नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुका लागि जारी गर्नलागेको हकप्रद सेयरको आवेदन आज पुस २८ गतेबाट खुला गरिएको छ ।

कोषले सेयरधनीहरुलाई १ः०.८२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३५ लाख ९२ हजार कित्ता हकप्रद सेयरमा सेयरधनीहरुले आवेदन दिन सक्नेछन ।

सेयरधनीहरुले यो हकप्रद सेयर खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभाभागी बैंक तथा वित्तीय संस्थाहरु, टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, नागरिक लगानी कोषको काठमाण्डौ नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय र शाखाहरु विराटनगर र पोखराबाट, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, भरतपुर, बनेपा, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, हेटौँडा, बिर्तामोडका साथै मेरो सेयरको एप्लीकेशन र मेरो सेयरको वेबसाइट मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिने छ ।

माघ १९ गते बैंकिङ समय सम्ममा आवेदन दिइसक्नुपर्ने बिक्रि प्रबन्धक आरबीबी क्यापिटलले जनाएको छ ।