7 - 7Shares
१३ मंसिर, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले आज नगदसहित तीन जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बागलुङ नगरपालिका–२ हाडेपाखास्थित चन्द्रप्रसाद गैरेको घरमा जुवातास खेलिरहेको भन्ने सुराकीका आधारमा तीन जनालाई नगदसहित पक्राउ गरेको हो ।
रु एक लाख १७ हजार नगदसहित बागलुङ नगरपालिकाका तेजबहादुर केसी, सोही स्थानका यमबहादुर केसी र बागलुङ नगरपालिका–४ का तेजनाथ उपाध्यालाई तीन थान ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

7 - 7Shares